STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिंदुरका नायक अग्रज कलाकार विश्व बस्नेत ७५ वर्षमा प्रवेश

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र १७, मंगलबार

व्यावसायिक रुपमा सफल पहिलो नेपाली चलचित्र मानिने "सिंदुर" का नायक विशिष्ट चलचित्रकर्मी अभिनेता श्रद्धेय श्री विश्व बस्नेतको ७५ अौं जन्म दिनको अवसरमा   नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रवीन्द्र खडकाको अगुवाईमा र विशिष्ट चलचित्रकर्मीहरूको सहभागितामा  विश्व बस्नेत शुभ जन्मोत्सव   कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

आफ्नो जीवनको अाधा शताब्दी अर्थात्  पचास बर्ष चलचित्रका लागि आफ्नो जीवन समर्पित गर्नु भएका श्रद्धेय  विश्व बस्नेत चैत्र १७ गते मङ्गलबारबाट ७५ बर्षमा प्रवेश गर्नु भएको अवसरमा  वहांको सुख,सम्बृद्धी तथा दीर्घायुको कामना गरी जन्मोत्सव कार्यक्रम मनाएको कुरा संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताउनु भएको छ ।

जन्मोत्सव कार्यक्रम नेपाल चलचित्र कलाकार संघको आयोजनामा गोदावरी स्थित आशा नेपालमा गरिएको थियो भने जन्मोत्सव मनाउन आशा नेपालकी संस्थापक श्री विमला थापाको सक्रिय सहयोग रहेको थियो । कार्यक्रममा विशिष्ट चलचित्रकर्मीहरु शिव श्रेष्ठ,कृष्ण मल्ल, मदनदाश श्रेष्ठ,जय श्रेष्ठ, पुरन जोशी,संघका अनुशासन समितिका संयोजक तथा द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान,संघका सल्लाहकार तथा निर्माता मदुकुमार श्रेष्ठ,चलचित्र जांच समितिका सदस्य राजेश महर्जन,अभिनेता राज घिमिरे,राजेन्द्र विशुराल, शंकर श्रेष्ठ,समाजसेवी विक्रम  खडका,समाजसेवी शुभाष खडका,,कलाकार जितेन्द्र धर,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका,उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला,सह कोषाध्यक्ष पवित्रा आचार्य, कार्यसमितिका सदस्य उद्धवराज भट्टराई,रामेश्वर बुर्लाकोटी,रामेश्वर जंग के सी संचारकर्मी कृष्ण भट्टराई,सूर्य चन्द ,चक्रबहादुर चन्द,साहित्यकार विप्लब प्रतिक,लगायत आशा नेपालका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो ।

उक्त अबसरमा संघका अध्यक्ष रवीन्द्र खडकाले संघ सबै कलाकारहरूको अभिभावक भएकाले सबै कलाकारहरूको सुख दु:खमा साथ दिनु संघको दायित्व एवं कर्तव्य भएको कुरा स्पष्ट पार्दै बिश्व बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गर्नु भएको योगदान र संघ स्थापनाका लागि गर्नु भएको प्रयासको प्रशंसा गर्नु भएको थियो । साथै अभिनेता विश्व बस्नेतले आफ्नो जन्मदिन चलचित्रकर्मीहरूको वीचमा मनाउन पाउदा हर्षित भएको बताउदै संघ लगायत सबैलाई धन्यवाद दिनु भएको थियो ।

Categorized in सिनेमा