STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख ६, बुधबार

नेपाली संस्कृति, नेपालभाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो । 

सांस्कृतिक, सांगीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सेवा गरेका स्रष्टाहरुको योगदानलाई स्वतन्त्र रुपमा मूल्यांकन गरी सम्मान गर्ने मुख्य उद्देश्यले प्रतिष्ठान गठन गरिएको र देशविदेशबाट प्रतिभाहरु पहिचान गरी सम्मान गर्ने कुरा अध्यक्ष मानन्धरले बताएका छन् । 

काठमाडौं महानगरपालिका १३ वडाका समाजसेवी दिलबहादुर मानन्धरकी धर्मपत्नी स्व. गणेशदेवी मानन्धरको स्मृतिमा उनका छोराहरु प्रा.डा. राजु मानन्धर, राजेश मानन्धर, सज्जु मानन्धर तथा परिवारको आग्रहमा प्रतिष्ठान बनाइएको उहा । नेपालभाषाको साहित्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्दै समृद्ध बनाउनको लागि पनि प्रतिष्ठानको भूमिका रहने मानन्धरको दावी छ ।

प्रतिष्ठानको कार्यसमितिसँगै वरिष्ठ चलचित्र निर्देशक पवन जोशीको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि बनाइएको छ । प्रतिष्ठानले सोही समितिले सिफारिस गरेकोलाई आधार बनाएर स्रष्टा छनोट, विधा चयन तथा व्यक्तित्व सम्मान गर्ने कुरा जानकारी गराएको छ ।

Categorized in साहित्य-कला