STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्यकार तथा सञ्चारकर्मी फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र ६, शुक्रबार

साहित्यकार, रंग पत्रकार तथा चलचित्र निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो ।

प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र सिनेमा निर्देशनमा समेत संलग्न छन् । उनी निर्देशित सेलफोन नामक लघु चलचित्र अत्यन्तै चर्चित सिनेमा हो भने उनको निर्देशनमा बनेको‘निरफूल’ प्रदर्शनको तयारीमा छ ।  यो चलचित्रमा  दयाहाङ राई र रेखा थापा लगायतको मुख्य भुमिका रहेको छ ।

Categorized in व्यक्तित्व