STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सासु–बुहारीको बाघको आक्रमणबाट मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८० पौष ९, सोमबार

काडमाडौं- बाघको आक्रमणबाट पूर्वी नवलपरासीमा दुई महिलाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–१ मा सासु–बुहारीको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका गएका ६० वर्षीया मनादेवी पौडेल र २८ वर्षीया विष्णु पौडेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार आइतबार दिउँसो दुई जना महिला जंगलमा घाँस काट्न गएको र राति अबेरसम्म नफर्किएको सूचनाको आधारमा खोजतलास गर्दा आइतबार राति दुई जना महिलाको शव फेला परेको हो ।

कम्बरमा चोट लागेको र घटनाको प्रकृति हेर्दा जंगली जनावरले आक्रमण गरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीयले भने बाघको आक्रमणबाट दुवै जनाको मृत्यु भएको बताएका छन् ।

Categorized in अपराध-दुर्घटना