STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि यस्तो निर्णय गरिएको रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । “सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किँदै जाँदा विद्यार्थीको सङ्ख्यासमेत कम हुँदै जाने अवस्था छ”, प्रमुख वनले भन्नुभयो, “सरकारी तलब खानेहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज पहिलेदेखि नै उठ्दै आएको हो ।” विद्यार्थी सङ्गठन तथा अभिभावक सङ्घ–सङ्गठनले पनि पटक–पटक आवाज उठाउँदै आएको उहाँले बताउनुभयो । 
सरकारी विद्यालय बलियो बनाउन सरकारी तलब खाने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउने व्यवस्था राम्रो विकल्प हुने उहाँको तर्क छ । 
नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रप्रसाद बरालले गत वर्षदेखि नै नगरपालिकाले यो अभियान सञ्चालन गरेको बताउनुभयो । 
Categorized in राष्ट्रिय