STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ७, मंगलबार

सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल बन्दै गएको भन्दै यसको न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए । सीमान्तकृत महिलाका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले छोराको मोहले गर्भमा छोरीको भ्रूणहत्या गर्नाले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको बताउनुभयो । यस्ता महिलालाई पाठेघरलगायत अन्य समस्या विकराल अवस्थामा देखिने गरेको ढकालले बताउनुभयो । त्यसैगरी समाजमा बालविवाहको पनि विकराल अवस्थामा रहेको अधिकारकर्मी एवं आवाज संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले बताउनुभयो । पछिल्लो समय बालविवाहको स्वरूप परिवर्तन भएको उहाँको भनाइ थियो । “पहिले बुबाआमाको करकापमा विवाह हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर, अहिले बालबालिका आफँै विवाह गर्ने प्रचलन बढेको छ ।” संस्थामा गत आर्थिक वर्ष २० बालविवाहका उजुरी दर्ता भए पनि कुनै पनि मुद्दाहरु कानूनी प्रक्रियामा नगएको उहाँको भनाइ थियो । प्रहरी महिला सेलका डिला विकले छोरा नभएको कारण दोस्रो विवाह गर्ने पुरुषको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो । गत आर्थिक वर्षमा मात्र ४३ बहुविवाहका मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । सामाजिक विकास मन्त्रालयका विश्वणी जोशीले सामाजिक विकृतिविरुद्ध सरोकारवाला निकाय सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले यस विषयमा विभिन्न खालका कार्यक्रमको आयोजना गरेको भन्दै समन्वय गरेर अघि बढ्ने बताउनुभयो । कार्यक्रममा इक्वल एक्सेसका अनु उपाध्यायले समाजका तीनवटै पुस्ताका व्यक्तिलाई एकै ठाउँमा राखेर कार्यक्रम गरेमा प्रभावकारी हुने भएकाले नै अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
Categorized in विचार