relans
ni new 83
nib 2082 5

सानो देखि ठुलो सामान ओर्सान अब अनलाइन ः भरिया नेपाल

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

घरको सामान सार्नु परोस् वा अफिसमा टेबल–कुर्सी ओसार्न। दुलहीको दाइजो होस् वा डेरावालाको झिटीगुन्टा— सामान ओसारपसार गर्न हामी भरिया लाई नै सम्झन्छौं। तर, भरिया खोज्न कहाँ जाने काठमाडौंको घन्चमन्चमा भरिया कहाँ पाइएला, ल भन्नुस् त दिमागमा झट्ट न्यूरोड, इन्द्रचोक, असन र कालिमाटी तरकारी बजार आउँछ। त्यहाँसम्म जाऊ, आऊ, मोलमोलाइ गर– साह्रै झन्झटिलो भएन र झन्झट लाग्दैन भने त ठिकै छ, नभए विकल्प छ है। उद्यमी सुवास शाहीले भरिया नेपाल का नामबाट सामान ओसार्ने इन्टरनेट व्यवसाय सुरू गरेका छन् । विदेशको रमझम केही दिनलाई न हो पराई भूमिमा परिश्रम गर्नुपरेपछि जस्तो भए पनि आफ्नै ठाउँ प्यारो हुन्छ वैदेशिक रोजगारमा जानेहरू धेरैलाई हुने यस्तो अनुभूति सुवासलाई पनि भयो। हङकङमा एक स्थानीय बैंकको सुरक्षा गार्ड भएर काम गर्नु परेपछि उनको हंसले ठाउँ छाड्यो। हङकङमा गएर आइटी क्षेत्रमै राम्रो काम पाइएला भन्ने आस थियो, तर कहाँ पाउनु, उनले भने, सानो–ठूलो जे काम गरे पनि यहाँ इज्जतसँग बसेको मान्छे त्यहाँ गएर अर्काको गाली खाँदै ट्वाइलेटछेउ सुत्नुपर्दा भक्कानो फुट्यो। आफू जुन बैंकमा सुरक्षा गार्ड छ, त्यहीँ भित्र कर्मचारीहरू सुट–टाई लगाएर कम्प्युटर चलाएको देख्दा त उनलाई औडाहा भएर आउँथ्यो। पश्चातापले छाती भतभती पोल्थ्यो। जलन र पीडा सहेरै भए पनि पाँच वर्ष उनले हङकङमै बिताए। त्यसपछि भने यतै केही गर्ने सोच बोकेर फर्के। नेपाल त आए, तर काम के गर्ने उनी सबभन्दा पहिला हङकङ बस्दा प्रयोग गरेका सेवा–सुविधा के–के यहाँ छैनन् भन्ने अध्ययनमा लागे। तीमध्ये कुन–कुन सेवालाई व्यावसायिक रूपले अघि बढाउन सकिन्छ भनेर विश्लेषण गर्न थाले। यही क्रममा उनलाई भरिया नेपालु को आइडिया आयो। विदेशमा कोठा सर्नुपरे वा सामान बोक्नुपरे मुभर्स एन्ड प्याकर्स भन्ने सेवा हुन्छ, जसमा अनलाइन बुकिङ गर्न सकिन्छ, सुवासले भने, नेपालमा भने यस्तो केही सुविधा मैले देखिनँ। हरेक व्यक्तिलाई सजिलो हुने यस्तो सेवा काठमाडौंमा व्यावसायिक रूपले चलाउन सकिन्छ भन्ने लाग्यो । उनका अनुसार भरिया नेपाल ले अफिसका सानातिना कागजपत्रदेखि घर सर्नुपर्दा ठूल्ठूला सामानसमेत बोक्ने काम गर्छ। यहाँ सामान ढुवानी गर्न वजनअनुसार स्कुटर, मिनी भ्यान वा ट्रक प्रयोग गरिन्छ। स्कुटरको न्यूनतम मूल्य ४० रुपैयाँ हो। यसमा प्रतिकिलोमिटर १० रुपैयाँ थप शुल्क लाग्छ। त्यस्तै, मिनी भ्यान वा ट्रकका लागि न्यूनतम हजारदेखि १८ सय र त्यसमा प्रतिकिलोमिटर ५० र ८० रुपैयाँ तिर्नुपर्छ। यसै सामान ढुवानी गर्दा तिर्नुपर्ने रकमभन्दा २० प्रतिशतसम्म कम शुल्क तोकेका छौं, सुवासले भने। उनीकहाँ २५ जना कर्मचारी काम गर्छन्। आफूले विदेशमा भोगेको पीडा अरू युवाले भोग्नु नपरोस् भन्ने उनी चाहन्छन्। बजारमा नयाँ व्यवसायका लागि धेरै अवसर छन्, तर ती सबै सफल हुन्छ भन्ने ग्यारेन्टी छैन, उनले भने, यो हतारमा हुने काम होइन। नयाँ व्यवसायको मेरुदण्ड बनाउन कम्तिमा दुई वर्ष लाग्छ। नयाँ व्यवसाय सञ्चालनमा सरकार र बैंकले खासै सहयोग नगरेको उनको अनुभव छ। नयाँ खालको योजनालाई पत्याएर बैंकले ऋण दिने भए कति नयाँ उद्यमी जन्मिने थिए होलान् सरकारले पनि खाडीतिर पसिना बगाउन जाने युवाशक्तिलाई स्वदेशमै रोक्न कुनै पहलकदमी गरेको म देख्दिनँ, उनले भने। भरिया नेपालु ले भारी बोकेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई प्रशिक्षण दिएर आफूसँग सामेल गराउने योजना पनि लिएको छ। पेसागत हिसाबले निम्न दर्जा पाउँदै आएका भरियालाई आफ्नो कम्पनीमा ल्याएर संगठित गर्ने उद्देश्यले नैुभरिया नेपाल नाउँ छनौट गरेको उनको भनाइ छ। डाक्टर, इञ्जिनियरजस्तै भरिया पनि एउटा पेसा हो, तर मान्छेहरू यो पेसालाई हेप्ने र होच्याउने गर्छन् उनले भने, भरिया नेपाल ती सबैको संगठित आवाज बन्नेछ। स्रोतः सेतोपाटी
Categorized in विचार
ppp 2