STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सलमान खानको राधे सेन्सर बिना नै फिल्म प्रदर्शन भएकोमा कलाकार संघको ध्यानाकर्षण

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १, शनिबार

नेपाल चलचित्र कलाकार संघले एउटा प्रेस विज्ञप्ती जारी गर्दै नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर बिना नै हिन्दी फिल्म    " राधे " प्रर्दशन भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा शनिबार प्रेसित विज्ञप्तीमा फिल्म प्रदर्शनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका चलचित्रबिज्ञ सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो देखिएको छ भनि उल्लेख गरिएको छ ।

‘यस सम्बन्धमा सम्बन्धित निकायले के भएको हो प्रष्ट पार्नु पर्दछ र नेपालको डिजिटल प्लेटफर्ममा रिलिज हुने कुनै पनि फिल्मलाई नीति, नियम र कानूनले तोकेको परिधि भित्र राखि प्रदर्शन गरिनु पर्छ भनी हामी सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छौँ भनि विज्ञप्तीमा भनिएको छ ।

स्मरणीय छ,    भारतिय अभिनेता सलमान खान अभिनित  बलिउडको नयाँ फिल्म ‘राधे’ नेपालका डिजिटल प्लेटफर्ममा सेन्सर बिना नै प्रदर्शन भएको कुराले पछिल्लो समय चर्चा पाएको छ भने यसभन्दा अघि   अक्षय कुमारको " लक्ष्मी बम्ब" पनि यसरी नै बिना सेन्सर नेपालको डिजिटल प्लेटफर्म मा रिलिज भएको कुरा यहाँनेर उल्लेखनीय छ ।

त्यही पृष्ठभूमिमा कलाकार संघले यो विज्ञप्तीमार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

Categorized in सिनेमा