STC 810x100 adv
Swasthya Mantralaya

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा प्रणाली

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ९, बिहिबार

९ मंसिर, काठमाडौं - सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएकाे छ । 

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

अघिल्लो बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

Categorized in राजनीति
kmc sujib