सरबकमारद्वारा ०८३/८४ को बजेट घोषणा, आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य
Janjati Khabar – Janjati Khabar | २०८३ जेठ १५, शुक्रबार
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वृद्धिदरको लक्ष्य ७ प्रतिशत रहने अनुमान गरिएको बताएका छन् ।
चालु आर्थिक वर्ष २०८२\८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने तथ्यांक कार्यालयले जनाएको छ । त्यस्तै आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदर ६ प्रतिशतमुनि कायम गर्ने उनले घोषणा गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
Categorized in बिजनेस

