STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकार पुनःगठन हुँदै, नयाँ मन्त्रीको सपथ आजै

Janjati Khabar | २०८० फाल्गुण २१, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी एमालेका पदम गिरी रहनुभएको बताइएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।

Categorized in राष्ट्रिय