STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउँदै, रुटिन यसप्रकार छ:

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ३२, आइतबार

काठमाडौं – लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गते (भोलि)देखि रेडियो र टिभीबाट पढाउने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भोलिबाट सुरु हुने टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइको रुटिन निकालेको छ । असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ । यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाई सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रकले जनाएको छ । आठ कक्षासम्मकालाई हुने एउटा–एउटा पुस्तक तयार भएर डिजिटल कपी बनिसकेको छ । कक्षा ३ सम्मको डिजिटल कपी केन्द्रको वेबसाइटमा रहेको र चारदेखि–आठ कक्षासम्मको डिजिटकल कपी वेबसाइटमा चाँडै आउने पनि जनाइएको छ ।
Categorized in शिक्षा