relans
ni new 83
nib 2082 5

सरकारले काम गर्न सकेन नेता थापा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उहाँले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताउनुभयो ।
Categorized in राजनीति
ppp 2