relans
ni new 83
nib 2082 5

समानुपातिक सांसद चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २२, बिहिबार

काठमाडौं - निर्वाचन आयोगले समानुपातिक सूचीमा नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरेको भोलिपल्ट नाम चयनका बिषयलाई लिएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि शुरु भएको छ।

सो पार्टीले गत असोजमा भएको प्राइमरी इलेक्सनमा धेरै मत ल्याउनेहरूको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखेको थियो। प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि सांसद बनाउन खोजेको भन्दै सो पार्टीका कार्यकर्ताले बसुन्धरास्थित पार्टी कार्यालय घेराउ गर्दैछन्।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाको भागमा समानुपातिकतर्फ १३ सिट परेको छ। त्यसमध्ये सात जना महिला सांसद पठाउनुपर्नेमा २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।

Categorized in राजनीति
ppp 2