STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समानुपातिक मतमा माओवादीलाई घण्टीले उछिन्यो

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ११, आइतबार

काठमाडौं - गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनामा नेकपा एमालेले हालसम्म २४ लाख ७७ हजार ५९० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २३ लाख ५५ हजार ३८७ मत पाएको छ ।

तेस्रो स्थानमा भने माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ५५३ मत ल्याउँदा माओवादी केन्द्रले १० लाख ३७ हजार मत ल्याएको छ ।

पाँचौ स्थानमा रहेको राप्रपाले ५ लाख ३७ हजार ६२२ मत ल्याएको छ ।

samanupatik-mat1669562044.JPG

Categorized in राष्ट्रिय