STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत : कांग्रेस

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ११, मंगलबार

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको जनाएकाे छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको र एकलौटी रुपमा उम्मेदवार छनोट नभएकाे प्रष्ट पारे।

’कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापालगायत नेताहरूलाई लक्षित गर्दै महतले भने‚ 'निर्णय गर्ने नेताहरू केही बोल्नु भएको छैन । सबै नेताहरू बसेर गरेको निर्णय हो ।'

'कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार भएको छैन‚’ उनले भने‚ ‘विधानअनुसार तयार भएको सूची हो । केही त्रुटि छन्, ती सच्याइन्छ।’

कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । 

उनले प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक नभएकाे जनाउँदै निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने विश्वास व्यक्त गरे । चुनावपछि संघ र प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उनकाे दावी थियाे ।

Categorized in राजनीति