STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समानान्तर कमिटी बनाउने माधव नेपाल समूहकाे तयारी, चैत ४ गते राष्ट्रिय भेला

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २९, शनिबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ ।

ओलीपक्षीय केन्द्रीय कमिटीकाे बालुवाटारको बैठकलगत्तै नयाँबानेश्वरस्थित होटल अर्यालमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको हो ।

बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो ।

खनाल र नेपाल समूहले पनि पार्टीभित्रै जिल्ला तहदेखि नै समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतका निर्णय गरेपछि नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी र सांसदहरुको छलफलपछि चैत ४ गते राष्ट्रिय भेला गरी समानान्तर कमिटी घोषणा गरिने उक्त समूहले तयारी गरेको हो ।

शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको ओलीपक्षीय केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई कारबाही गर्दै प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष तथा सचिव र विभागहरुको जिम्मेवारी हेरफेर गरेको थियो ।

Categorized in राजनीति