STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सफ्टवेयरमा समस्या भएन शेयर कारोवार

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

प्राविधिक समस्या आपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १।४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उहाँले थापाथलीमा रहेको ‘डेटा हव’ मा समस्या आएको र त्यसको निरुपणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । कालिका सेक्युरिटीजका प्रमुख नरेन्द्र सिजापतिले प्राविधिक समस्याका कारण आज शेयर खरीद बिक्री गर्न नसकिएको जानकारी दिनुभयो । उहाँले पनि सफ्टवेयरका कारण कारोवारमा उल्झन देखिएको गुनासो गर्नुभयो ।
Categorized in बिजनेस