STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सफाई पाएपछि पल शाह रिहा

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण १५, सोमबार

काठमाडौँ - नाबालिका बलात्कारको मुद्दामा एक वर्षदेखि तनहुँ कारागारबाट छुटेका छन् । आइतबार उच्च अदालत पोखराले उनलाई सफाई दिएपछि आज सोमबार आवश्यक प्रक्रिया मिलाएर कारागारबाट रिहा भएका हुनु ।

आइतबारै रिहा हुनुपर्नेमा प्रक्रिया मिलाउन समय अपुग भएकाले कारागार कार्यालयले उनलाई आज रिहा गरेको हो । उनी रिहा हुन लागेको खबर थाहा पाएर शुभेच्छुक तथा प्रशंसकहरुको तनहुँ कारागार परिसरमा भीड लागेको थियो । अभिनेता समेर रहेका शाह रिहालगत्तै काठमाडौँ आउने बताइएको छ ।

गत सालको फागुन ११ गते एक १७ वर्षे नाबालिकाले तनहुँ जिल्ला प्रहरी कार्यालयमा आफूमाथि जबरजस्ती करणी भएको भन्दै शाहविरुद्ध उजुरी दिएकी थिइन् । साथै ती बालिकाले सोही फागुन १५ गते नवलपुर प्रहरीमा समेत उजुरी दिएकी थिइन् । शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । साेही फागुन १५ गते शाहले तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

त्यसकाे करिक एक वर्षअघि अर्थात् २०७७ चैत ७ मा गैंडाकोटमा एउटा गीतको सुटिङका क्रममा ती नाबालिकाले आफूमाथि शाहले जबर्जस्ती करणी गरेको आराेप लगाएकी थिइन् । प्रहरीमा एउटा बयान दिएकी बालिका र उनका अभिभावकले अदालतमा भने बयान फेरेपछि अभियाेग दाबी नपुगेकाे भन्दै शाहले सफाइ पाएका हुन् ।

 

जिल्ला अदालत तनहुँले यसअघि नै उनलाई सफाइ दिइसकेको भएपनि उच्च अदालत पोखरामा समेत मुद्दा विचाराधीन रहेकाले शाह कारागारमै बन्दी जीवन बिताइरहेका थिए । आइतबारको फैसलाबाट उनले पूर्ण सफाई पाएका छन् ।

Categorized in सिनेमा