STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २९, शुक्रबार

काठमाडाैं - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी रकम दाखिला भएको पछि थुनामुक्त भएका हुन् । उच्च अदालत पाटनले जिल्ला अदालतको पूपक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो । उनी धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम फैसला के आउँछ यसै भन्न सकिन्न । तर तत्कालका लागि उनी कारागारबाहिरको जीवन बिताउन पाउने छन् ।

सन्दीपका कानुन व्यवसायी अधिवक्ता मुरारीप्रसाद सापकोटाका अनुसार जिल्ला अदालतबाट कारागारलाई रिहा गर्न  पत्र भएपछि रिहा भएका हुन् । मुद्दाकाे अन्तिम किनारा नलागेसम्म सन्दीपले तारिख धाउनुपर्नेछ । त्यसपछि सन्दीप रिहा भई आफ्नो मुद्दामा प्रतिवाद गर्नेछन् ।उच्च अदालतले हिजाे २० लाख धरौटी र अन्य शर्तसहित सन्दीपलाई रिहा गर्ने आदेश दिएको हो ।

लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएसँगै उनको आगामी खेल जीवन कस्तो होला भन्ने चासो छ ।नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई धरौटीमा रिहा गर्ने अदालतको आदेश सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग पनि सन्दीपलाई खेलाउन पाउने/नपाउने भन्ने विषयमा छलफल गरिने अध्यक्ष चन्दले बताए ।तत्कालका लागि उनले नेटमा अभ्यास गर्न चाहे क्यानले त्यसको व्यवस्थापन गर्ने भएकाे छ ।

Categorized in खेलकुद