STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया जाँदै

Janjati Khabar – रासस | २०७७ मङ्सिर ३०, मंगलबार

काठमाडौं -  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन् ।

लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वरेण्टीनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

बिग बास भने गएको बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती छ खेल गुमाउने छन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन ।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए। उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

सन्दीप आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

अहिलेसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई हप्ताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। अहिले उनी कोरोनाबाट मुक्त भइसकेका छन ।

Categorized in खेलकुद