STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्र वर्ष अघिको 'लिक्क वया' गीत अब म्युजिक भिडियोमा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ आश्विन १३, बिहिबार

नेपालभाषाको संगीत र चलचित्र क्षेत्रमा राजमतिकी नायिका भनेर चर्चित हिसिला महर्जन र सोही राजमति चलचित्रका नायक मणिराज लवटको अभिनय रहेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ

लिक्क वया बोलको यस गीतलाई रत्नशोभा महर्जनले गाउनु भएको छ । ‘लिक्क वयाः धाल हँ’ भन्ने बोलको गीत सम्भवतः १७ वर्षको अवधिमा धेरै नै गुञ्जिएको नेपालभाषाको चर्चित गीत हो । यो गीत नगुञ्जिएको सांस्कृतिक कार्यक्रम शायद नै हुनुपर्छ । यही गीत अब म्युजिक भिडियोमा हेर्न र सुन्ने समेत पाइने भएको छ ।

सत्र वर्ष अघि नै रेकर्ड भएको यस गीतमा मनराजा नकर्मिको संगीत रहेको छ भने यसका रचनाकार निर्मलरत्न शाक्य हुन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन प्रमुख आतिथ्यमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा विश्लेषक प्रकाश सायमि विशेष अतिथिको रुपमा रहनु भएको थियो । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मेयर चिरिबाबु महर्जनले गीतसंग सम्बन्धित एउटा सन्दर्भ जोड्नुभएको थियो । विश्व पर्यटन दिवसको अवसरमा मंगलबजारमा गत मंगलबार भएको सांस्कृतिक कार्यक्रममा यही गीतको बोलमा नृत्य प्रस्तुत भइरहँदा मेयरसंगै रहनुभएका स्वीस राजदूतले गीतले के भनेको भनी सोधेको र जवाफमा मेयर महर्जनले अंग्रेजीमा ‘यु केम नियर मी, एण्ड आई से लभ यू’ भनेको भनी स्वीस राजदुतलाई बताएका थिए ।

यस म्युजिक भिडियोको निर्देशन देवकुमार श्रेष्ठले गर्नुभएको थियो ।

 

Categorized in साहित्य-कला