STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक ३, शुक्रबार

काठमाडौं - साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’, सार्वजनिक भएको छ। कृति शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले लोकार्पण  गरेका हुन्।

एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबारे जति लेखे पनि कहिल्यै नसकिने बताए।

जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएको बताए। रसिकको यो पन्ध्रौं कृति हो। कार्यक्रममा आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ’कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमलप्रसाद मल्लको ’क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लोकार्पण भएको छ।

कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो। गायक तथा पत्रकार कपिल कसपालले कार्यक्रम सञ्चालन गरेका थिए।

‘सत्यको खोज’को मूल्य ५५५ रुपैयाँ, ‘कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’को मूल्य  ४९५ रुपैयाँ र ‘क्लासिकल नेवार लिट्रेचर’को मूल्य ६०० रुपैयाँ तय गरिएको छ।

रसिकका यसअघि उपन्यास लज्जावती, गजल सङ्ग्रह काफिया र हृदयस्पर्शी छालहरू, त्यसैगरी अलकापुरी भक्तपुर, सर्वरत्न, तारापुञ्ज, पब्लिक स्पिकिङ, बेलबहादुरको बिहे, एलियनको पृथ्वीभ्रमण, गुलेली, एङ्ग्री बर्ड, हावा फल्ने रुख लगायत १४ कृति प्रकाशित छन्।

Categorized in साहित्य-कला