STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सडकमै अण्डा र कुखुरा फालेर विरोध

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २४, मंगलबार

काठमाडौं - झापाका किसानले सडकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् ।

आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै उनीहरुले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका हुन् ।

कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको किसानहरुले जनाएका छन् ।

सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आएको उनीहरुको भनाइ छ । यो स्थिति हटाउन सरकारले पहल गर्नुपर्ने उनीहरुको माग छ ।

Categorized in कृषि-पर्यटन