
सञ्जिता तामाङ मिस ब्युटीफुल र विजया अधिकारी मिसेस ब्युटीफुल
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ २२, शनिबार

मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४ को ग्राण्ड फिनाले असार २० गते राष्ट्रिय नाचघर जमल काठमाडौैैमा सम्पन्न भएको छ । दक्ष ईन्टरनेशनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करण सम्पन्न भएको छ । सो प्रतियोगितामा सञ्जिता तामाङले मिस ब्युटीफुल र विजया अधिकारीले मिसेस ब्युटीफुलको उपाघी जितेका हुन ।
यस्तैगरी मिस ब्युटीफुल तर्फ बिपना मल्ल फष्ट रनरअप, ईश्वरी हमाल ठकुरी सेकेण्ड रनरअप र पब्लिक च्वाईस, जेलिना भट्टराई मोष्ट पपुलर, सञ्जिता तामाङ मोष्ट ट्यालेन्ट घोषित भए ।
त्यसैगरी मिसेस ब्युटीफुल तर्फ रमिता बज्राचार्य फष्ट रनरअप, रितु रौनियार सेकेण्ड रनरअप, विजया अधिकारी पब्लिक च्वाईस, मोष्ट पपुलरसमेत बनिन् । ग्राण्ड फिनालेमा दुबै समुहका आठ/आठ गरी १६ प्रतियोगिले भाग लिएका थिए ।
प्रतिष्पर्धाको निर्णायकहरु मा वरिष्ठ अभिनेता सरोज खनाल, लोकप्रिय गायक यम बराल, लोकप्रिय गायिका सुनिता दुलाल लगायत मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ्ग रहेका थिए । दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी का रुपमा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायत पत्रकार विजयरत्न तुलाधर , समाजसेवी खुम बहादुर बस्नेत र मुस्कान पौडेल , नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला , चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ लगायतको विशेष आतित्यता रहेको थियो ।
दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको कार्यक्रमको प्रायोजकमा पूर्णयु आयुर्वेद अस्पताल, कावेरी इन होटल, पाकशाला रेस्ट्रो बार र होटल रहेका छन ।
नवराज बजगाई(संचारकर्मि), डेबिल सिङ राजपुत(सिइओ Aventoz. पार्ट्नर), गिता उप्रेती (मिस ब्युटिफुल नेपाल 2021 फस्ट रनरअप, मेकप आर्टिस्ट), उर्मिला भण्डारी(मिसेस ब्युटिफुल नेपाल 2020 बिजेता/winner,मेकप आटिस्ट), सिमा नेपाल (सफल ब्यवसायि)
अस्मिता भट्ट ( मिस बिउटिफुल नेपाल 2020 सेकेन्ड रनरअप,समाजसेवी ), सरिता तामाङ (समाजसेवि,मिसेस तामाङ 2023 बिजेता/winner), राधिका दङ्गाल (मेकप आर्टिस्ट, पशुराम चौहान (प्रलाद)(आयुर्वेद चिकित्सा उधमी,सामाजिक अभियान्ता), डा. लक्ष्मण पौडेल (वरिष्ठ आयुर्वेद चिकित्सक), शारुक हुसेन(प्रबन्ध निर्देशक,फलाइटेक इन्टरनेशनल प्रा लि), पुर्णायु आयुर्वेद हस्पिटल, महिमा पोखरेल (समाजसेवि), निकिता पाण्डे (समाजसेवी,ब्युटिसियन), बलराम कार्की (युवा ब्यवसायि), रमेश श्रेष्ठ (कलाकर्मी,ब्यवसयी,समाजसेबि), चादनी घिमिरे (मेकप आर्टिस्ट), चित्रकला पौडेल(मेकप आर्टिस्ट), अप्सरा हायु(सौर्न्दयकर्मि) लाई विशेष सम्मान गरीएको कार्यक्रमको व्यबस्थापकमा सौन्दर्यकर्मी गिता उप्रेती, निर्देशकमा टेकराज पाण्डे, कोरियोग्राफरमा रोशनी चन्दलगायत रहेका थिए भने कार्यक्रमको सन्चालन रोजिन शाक्यले गरेका थिए ।
Categorized in साहित्य-कला