STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसार्स क्रियशनको शुभकामना समारोहमा नयाँ म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० कार्तिक २६, आइतबार

चलचित्र कला र सांस्कृतिक क्षेत्रमा साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी व्यक्तित्वका रुपमा परिचित स्वतन्त्र संसार महर्जनले महान पर्व तिहार एवं नेपाल सम्बत नयाँ वर्ष र छठको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदान प्रदान समारोहमा जेष्ठतम् संगीतकःमि रत्न बेहोशी र सबिता मालाकारको युगल स्वर रहेको " ज्यापुनि मैंचा ” बोलको नेपालभाषाको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो भिडियो आनन्द बज्राचार्य ले तयार पार्नु भएको हो भने यसमा राजु महर्जन जुजु र रोशनी श्रेष्ठले अभिनय गर्नु भएको छ ।

सोही अवसरमा संसार अनलाइन टेलिभिजनबाट प्रसारण भएका म्युजिक भिडियोहरुलाई  तिहारको अवसरमा  वितरण गर्ने कार्य सांस्कृतिककर्मि महर्जनवाट भएको हो

 म्युजिक भिडियो प्रसारणबाट आर्जित रकममा केही प्रतिशत थप गरेर संसार अनलाइन टेलिभिजनले यो बर्ष पनि वितरण गरेको जानकारी संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक महर्जनले दिएका छन्। 

महर्जनका अनुसार, यो बर्ष संसार अनलाइन टेलिभिजनबाट रोयल्टी पाउनेहरुमा रविन्द्र वीर शाक्य, सानो पाईला टिम, लुँझ्याः कला कुन्ज, सुरेन्द्र श्रेष्ठ,  धापाखेल ज्ञानमाला भजन म्ये हालामी पुचः, सज्जु मानन्धर र ज्ञान रत्न महर्जन रहेका छन्।

सो समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले रोयल्टी हस्तान्तरण गरेका थिए । कार्यक्रममा अग्रज गायक रत्न बेहोशी, प्रथम नेपालभाषा नायक जय श्रेष्ठ, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरे  ,  साहित्यकार बिक्रम भक्त जोशी लगायतको विशेष आतिथ्यता रहेको थियो।

Categorized in साहित्य-कला