STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसार्स अनलाईनले गरे दुई म्युजिक भिडियोकाे प्रिमियर

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण ५, शुक्रबार

संसार्स अनलाईन टिभीका लागि मिना शाक्यद्वारा निर्मित नेपालभाषाको म्युजिक भिडियो “ख्वबि त्याय् कयाः‘” र “वनेवा वनेवा झिपि ” गरी दुईवटा म्युजिक भिडियो एकसाथ प्रिमियर भएको छ। यी दुबै गीत रविन्द्र बीर शाक्यको स्वरमा स्वरबद्द गरिएको छ ।

नेपालभाषा एकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाको प्रमुख आतिथ्यता तथा संसार्स अनलाइन टिभीका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जनको सभापतित्वमा  सम्पन्न दुवै म्युजिक भिडियोको  प्रिमियर समारोहमा जन संगीतकार अमरराज शर्मा राजोपाध्याय र नेपालभाषाका प्रथम म्युजिक भिडियो निर्देेशक एवं सिने पत्रकार विजयरत्न असंबरे विशिष्ट अतिथीका रुपमा रहेका थिए ।

अनिक शाक्यको रचनामा रहेको “ख्वबि त्याय् कयाः‘ बोलको गीत  रिष्ठ संगीतकार अमरराज राजोपाध्यायले संगीत गरेका हुन्। सो गीतको संगीत संयोजन भुपेन्द्र बज्राचार्यले गरेका छन् भने रेकर्डिंग फिरोज बज्राचार्यले गरेका हुन् ।

गायक रबिन्द्रवीर शाक्यको स्वर रहेको सो गीतको म्युजिक भिडियोको छायाँकन,सम्पादन तथा कलारिंग कार्य अमर चित्रकारले गरेका हुन्। भेष महर्जनको सह-निर्देशन र परिकल्पना, श्रृंगार तथा निर्देशन निर्देशक सनमकुमार घायलले गरेका हुन् ।

यस भिडियोमा प्रकाश श्रेष्ठ, रितु श्रेष्ठ र ईश्वर श्रेष्ठको प्रमुख अभिनय रहेको छ। त्यस्तै, सह-कलाकारहरु प्रेम महर्जन, शोभा अवाले, मीना शाक्य, सिद्धार्थ शाक्य र धर्म शाक्य लगायतको अभिनय पनि छ।

राजेश शाक्यको सहयोगमा अर्को “वनेवा वनेवा झिपि‘।” बोलको गीत भजन भिडियोको रुपमा बनेकोछ । विद्या भुषण अज्रचार्यको रचनामा वरिष्ठ संगीतकार अमरराज राजोपाध्यायले नै संगीत गरेका हुन् भने गायक रबिन्द्रवीर शाक्यको रहेको छ अनि संगीत संयोजन,रेकर्डिष्टको काम फिरोज बज्राचार्यले गरेका छन् भने भिडियो सम्पादन दिगन्त शाक्यले गरेका छन् ।

यी दुवै म्युजिक भिडियोहरु संसार्स अनलाइन टिभीको आधिकारिक युट्युब च्यानलबाट विश्वव्यापी सार्वजनिक भएको छ।

Categorized in साहित्य-कला