relans
ni new 83
nib 2082 5

संसारकै अग्लो दाबी गरिएको भिमसेन मुर्ति महिमा अब म्युजिक भिडियोमा

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २८, आइतबार

ललितपुर सांस्कृतिक शहर सुनाकोठीमा स्थापना गरिएको  संसारकै सबैभन्दा अग्लो दाबी गरिएको  भीमसेन मुर्तिलाई लिएर बनाइएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुनाकोठिका ९८ वर्षीय जेष्ठ महिला धनमाया महर्जनको समुपस्थितिमा शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्युजिक भिडियोको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दैै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले धार्मिक सांस्कृतिक सम्पदाहरुले नै नेपालको पहिचान बनेकोमा जोड दिँदै सुनाकोठीको धार्मिक सम्पदामा बनेको गीत गाउन पाउँदा खुसी लागेको बताए । कार्यक्रम मा  सुनाकोठि समाज परिवारका अध्यक्ष विनोद डंगोलले भिमसेन मुर्ति स्थापना हुँदासम्म को अनुभव सुनाए । सुनाकोठी समाजका अध्यक्ष  डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि मूर्ति बनाउन सफल भएको जानकारी गराए ।यस्तैगरी सिने पत्रकार विजयरत्न असंबरेले  म्युजिक भिडियो को  समीक्षात्मक गरे भने सुरेन्द्र तुलाधरले म्युजिक भिडियो निर्देशन गर्दाको  अनुभव सुनाए ।

म्यूजिक भिडियोका निर्देशक सुरेन्द्र तुलाधरले म्यूजिक भिडियोमा १६ जना गायक, गायिकाहरुको साथै २ सय भन्दा बढि स्थानीय वासिन्दाको अभिनय रहेको जानकारी गराए ।

सुनाकोठीमा बालकुमारी चौरसँगै १२ फिट अग्लो भीमसेनको मूर्ति बनाई स्थापना गरिएको छ । हाल भीमसेनको मन्दिर भने निर्माणको चरणमा रहेको छ । भीमसेनको उक्त १२ फिट अग्लो मूर्तिलाई संसारकै सबैभन्दा अग्लो भीमसेनको मूर्ति दाबी गरिएको छ ।

सोही भीमसेनको संसारभरीमा प्रचार प्रसार गर्ने उद्देश्य लिएर गीत र म्यूजिक भिडियो निर्माण गरेको गीतका संगीतकार साथै रचनाकार रुपेश डंगोलले बताए ।

गीतमा मह जोडीको साथमा चर्चित गायकहरु प्रवेशमान शाक्य, जेम्स प्रधान, बबिन प्रधान, भीम तुलाधरलगायतले स्वर दिएका छन् ।

साथमा ज्योति घिमिरे, बुद्ध सायमि, सचिन रौनियार, भुपेन्द्र बज्राचार्य, विजय गुरुङ, कविन्द्र श्रेष्ठ, यमन श्रेष्ठ,रुपेश डंगोल र लसता जोशीले पनि गाएका छन् ।

म्यूजिक भिडियोको छायाङ्कन साथै दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।

Categorized in साहित्य-कला
ppp 2