STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २९, सोमबार

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए ।

‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पूँजीगत खर्च नै हो,’ उनले भने ।

कम्तिमा १ करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालयकै भएको उनको भनाइ छ ।

‘माननीयले त सिफारिश मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन,’ उनले भने ।

निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने अर्थ मन्त्री डा. महतको भनाइ छ ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए । यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरेका थिए ।

Categorized in बिजनेस