STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ३२, बिहिबार

 

काठमाडौं - श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ। बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयद्वारा जारी सूचनाअनुसार चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको सूचनामा उल्लेख छ ।

वृद्धि भएको पारिश्रमिक सूची हेर्दा आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० सहित १७ हजार ३ सय पुगेको छ । यसअघि न्यूनतम मासिक पारिश्रमिक रकम १५ हजार रुपैयाँ रहेको थियो ।

जारी सूचनामा श्रमिकको दैनिक पारिश्रमिक ६६८ रूपैयाँ, प्रति घण्टा ८९ रुपैयाँ र आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको छ ।

चिया बगानका श्रमिकको मासिक पारिश्रमिक भने १३ हजार ८९३ रुपैयाँ पुर्याइएको छ । यसअघि चिया बगानका श्रमिकले मासिक रकम १२ हजार ८१ रुपैयाँ पाउदै आएका थिए । अहिले उनीहरुको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ वृद्धि भएको छ भने यसअघि सो रकम ४३५ रुपैयाँ थियो ।

Categorized in बिजनेस