STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शेयर बजार ः सामान्य अङ्कले घट्यो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १।८७ बिन्दुले घटेर एक हजार ३१६।८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६५ बिन्दुले घटेर २८०।७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५ मूल्यमा कारोवार भए । स्टकका अनुसार कारोवार १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर घटेको छ भने छ उपसमूहकै शेयर भने वृद्धि भएको छ । बैंकिङ ४।२२, व्यापार ८।४५, होटल १२।१९, निर्जीवन बीमा ५९।०३, लघुवित्त ८।५० र जीवन बीमा ५९।७३ बिन्दुले घटेको छ । यस्तै विकास बैंक ८।८२, जलविद्युत् ३।०३, वित्त ५।३६, उत्पादन १००।२६, अन्य १।९६ र सामूहिक लगानी कोष ०।०३ बिन्दुले बढेको छ । स्टकका अनुसार नेपाल बैंक लिमिटेड रु २२ करोड ६८ लाख १९ हजार १४७, शिवम् सिमेन्ट रु १८ करोड ७० लाख ९० हजार ८८३, बुटवल पावर कम्पनी रु तीन करोड २९ लाख ३२ हजार ६०८, प्रभु बैंक लिमिटेड रु तीन करोड २४ लाख ७८ हजार ३५ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । शिव्म सिमेन्टका लगानीकर्ताले ९।९७ प्रतिशतले कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंक ९।९०, रिलायन्स फाइनान्स ८।५३, प्राग्रेसिभ फाइनान्स लिमिटेड ७।८४, बरुण हाइड्रो पावरका शेयरधनीले ७।६९ प्रतिशतले कमाए । यस्तै विशाल बजार कम्पनी ५।७८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५।३९, आइएमइ जनरल इन्स्योरेन्स ५।२८, नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५।२२ प्रतिशतले गुमाएका छन् ।
Categorized in बिजनेस