STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शेयर बजारमा देखिएन रौनक

Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ९, बुधबार

काठमाडौं, बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । गत बिहीबार नयाँ सरकार गठनसँगै ३६ अंकले उकालो लागेको बजार त्यसयता लगातार तेस्रो दिन पनि घटेको हो । बुधबार नेप्से परिसुचक ९ दशमलव ६४ अंकले घटेर १ हजार ३ सय ८७ दशमलव ०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

नयाँ सरकार गठन भएको दिन ३६ अंकको वृद्धिले हौसिएका लगानीकर्ता पुन लगातारको घटाई शेयर बजारप्रति शसंकित देखिएका छन् । नयाँ सरकार गठन भएपनि सरकारले पूर्णता नपाउनु साथै नयाँ सरकारको आर्थिक मोडल पनि आइनसकेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहेको एक लगानीकर्ताले बताए । त्यस्तै लगानीकर्ता शेयर खरिदका लागि पनि अग्रसर नदेखिएको साथै अधिकांश कम्पनीको शेयर मूल्य पनि निकै तल आइसकेको अवस्थामा शेयर बिक्री गर्न चाहने लगानीकर्ता पनि नदेखिएको एक ब्रोकर सञ्चालकले जानकारी दिए ।

यसअघि आइतबार नेप्से परसुचक ११ अंकले र मंगलबार १७ अंकले घटेको थियो । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १२ अंकले घटेर २ सय ९३ दशमलव ३८ को बिन्दुमा पुगेको छ ।

Categorized in बिजनेस