STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षाविद् अंगुरबाबा जोशीको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

विजयरत्न असंबरे -
नेपालको शिक्षा क्षेत्रमा आफ्नो जीवन समर्पण गरेका अग्रज शिक्षाविद् एवं समाजसेवी अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । तीन सातादेखि छातीमा देखिएको संक्रणका कारण उपचाररत् जोशीको स्ट्रोकका कारण शनिबार २ः४५ बजे काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। जोशीकाे १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो । शल्यक्रियामा क्यान्सर लागेको भाग काटेर फाल्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनलाई स्तनको क्यान्सर भएको थियो। काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालकी पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्। उनी २०१९ सालमा राजा महेन्द्रद्वारा गठित चार सदस्यीय संविधान मस्यौदा समितिकी एकमात्र महिला सदस्य थिइन्। अङ्गुरबाबा जोशी बाबु पीताम्बरप्रसाद पन्त र माता दीपकुमारी पन्तको कोखबाट १५ अगस्ट १९३२ मा डिल्लीबजार, काठमाडौँमा जन्म भएको हो। उनी क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन्। । शिक्षा क्षेत्र र समाजसेवामा उनको ठुलो योगदान रही आएको छ ।
Categorized in शिक्षा