STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो वार्षिक कार्यतालिका

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ५, आइतबार

काठमाडौं - शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो ।

खुला विज्ञापन आगामी मङ्सिर महिनामा, खुला विज्ञापनको सामान्य परीक्षा फागुनमा, विषयत परीक्षा आगामी जेठमा खुल्नेछ ।

आयोगले वैशाखभित्र पहिलो चरणको परीक्षा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगले पुसभित्रमा माध्यमिक तृतीय तहको विज्ञापन निकाल्नेछ।  त्यसैगरी निम्न माध्यमिक तहको विज्ञापनको सूचना माघभित्रमा निकाल्नेछ । फागुन भित्रमा प्राथमिक तहका लागि विज्ञापन आह्वान गर्नेछ  ।

माध्यमिक तहको सामान्य परीक्षा फागुनमा, निम्न माध्यमिक तहको चैतमा र प्राथमिक तहको परीक्षा वैशाखभित्रमा गरिसक्ने कार्यतालिका छ । सामान्य परीक्षा वैशाखभित्रमा गरिसक्ने भनेपनि त्यसको नतिजाका विषयमा भने आयोगले कार्यतालिकामा केही उल्लेख गरेको छैन् ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले चालु आर्थिक वर्षमा सामान्य परीक्षा मात्र लिन सकिने बताए । अघिल्लो आर्थिक वर्षमा लिइएको स्थायी शिक्षक विज्ञापनको नतिजा प्रकाशन गर्न सकिएको छैन् । त्यसका लागि अझै केही समय लाग्ने आयोगले जनाएको छ ।

Categorized in शिक्षा