STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शताब्दी पुरुष सत्यमोहन जोशीको वृत्तचित्रको प्रदर्शन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ११, मंगलबार

वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १५ घन्टा लामो अन्तर्वातासहितको भिज्युअल अर्काइभ र वृत्तचित्र ‘म्वानाच्वंगु इतिहास वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी” को निर्माण सम्पन्न भए पश्चात आज एक कार्यक्रममा प्रथम प्रदर्शन सम्पन्न गरिएको छ ।

लगभग ३ वर्ष अगाडी निर्माण थालनी भएको यो वृत्तचित्र अहिले तयार भएको हाे भने आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी पहिलो प्रदर्शन समेत गरिएको छ । वाङ्गमय शताब्दी पुरुष जोशीको साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतको उपस्थितिमा आज उक्त वृत्तचित्रको पहिलो प्रदर्शन सम्पन्न भएको हो ।

सय वर्ष कटिसकेका बहुआयामिक व्यक्तित्व शताब्दी पुरुष जोशीले आफ्नै बारेमा बनेको वृत्तचित्र हेरिसकेर यसलाई एक व्यक्तिको मात्र नभई समस्त नेवाः भाषा, संस्कृति र नेपालकै चित्रको रुपमा लिन आग्रह गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जोशीको सय वर्षको जन्मदिन मनाउने क्रममा भएका विभिन्न गतिविधि र कार्यक्रमहरुमध्ये यो ऐतिहासिक भएको विचार राख्नुभयो ।

कार्यक्रममा वृत्तचित्र निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताहरु लक्ष्मीदास मानन्धर, मोतिलाल शिल्पकार, यज्ञरत्न धाख्वाः, कैलाशभक्त प्रधानाङ्ग, डा. सुमित्रा मानन्धर, नेवाः देय दबू र नेपालभाषा एकेडेमीलाई कृतज्ञतासहित सम्मान गरिएको थियो ।

ललितपुर महानगरपालिका र सत्यमोहन जोशी वृत्तचित्र निर्माण समूहको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । निर्माण समूहका उपाध्यक्ष शाक्य सुरेनले स्वागत मन्तव्य राख्दै  वृत्तचित्र निर्माणको पृष्ठभूमिबारे प्रष्ट्याउनुभयो भने कोषाध्यक्ष सुनिता राजभण्डारीले  धन्यवाद ज्ञापन गर्ने क्रममा   आर्थिक पक्षको बारे पनि   प्रकाश पार्नुभयो ।

Categorized in सिनेमा