STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शताब्दि पुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा दुई बाल साहित्य कृति लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख २७, बुधबार

वाङ्गमय शताब्दि पुरुष डा सत्यमोहन जोशीको १०४ अौं  जन्म दिनको अवसर पारेर बुधबार दुई बाल साहित्य कृति लोकार्पण गरिएको छ । उनको जन्म दिवसको अवसर पारेर लोक साहित्य परिषदले आयोजना गरेको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत बुधबार यसरी दुई कृति लोकार्पण गरिएको हो ।

यसरी लोकार्पण भएका दुई कृतिहरुमा शताब्दि पुरुष डा जोशी रचित बाल कविताहरुको संग्रह" चखुंचां हाःगु म्ये ”( चराचुरुंगीको गीत) र साहित्यकार मीना बज्राचार्य ले लेखेका बाल कथाहरुको संग्रह " किसिया नशा क्वःया दशा ” ( हात्तीको आहार कागलाई प्रहार ) हुन् ।

लोक साहित्य परिषदको आयोजना गरेको लोकार्पण समारोहको परिषदका अध्यक्ष राजित बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथी प्रसिद्ध साहित्यकार हितकरवीर सिंह कंसाकार , विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचाय , ललितपुर महानगरपालिका वडा १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य र शताब्दि पुरुष डा जोशीकी  सुपुत्री  कावेरी जोशी लगायतले संयुक्त रुपमा लोकार्पण गरेका थिए । समारोहमा आयोजकका तर्फबाट परिषदका कोषाध्यक्ष वासुदेव श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । परिषदका किरणकेन रन्जित ले सन्चालन गरेको सो कार्यक्रममा सभापति को आसनमा रहेका परिषदका अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए ।

No description available.

Categorized in साहित्य-कला