STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शताब्दि पुरुष जोशीको जन्म दिवसको अवसरमा सप्ताहव्यापि कार्यक्रम

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २५, सोमबार

वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीको जन्म वि सं १९७७ बैशाख भएको थियो भने १०३ वर्षको उमेरमा वि सं २०७९;असाेज ३०गतेका दिन स्वर्गारोहण भएको थियो । यही आउने बैशाख ३० गतेका दिन उनको जन्म दिनको अवसरमा १०४ अौं जन्म दिवस प्रवेश गर्ने अवसर पारेर ललितपुर मा एक सप्ताहव्यापि वाङमय शताब्दि पुरुष सत्यमोहन जोशी जन्म सप्ताह मनाइरहेको छ ।

शताब्दि पुरुष जोशीद्वारा स्थापितं लोक साहित्य परिषदको आयोजनामा ललितपुरमा मनाइरहेको सप्ताहव्यापि जन्म दिवसको कार्यक्रमको आयोजना भईरहेको छ । यसै सन्दर्भमा शनिवार भक्तपुरका लगायत देश विभिन्न भागमा रक्तदान कार्यक्रम गरिएको छ भने अाइतबार ललितपुर पाटनको महारानी पोखरी परिसरमा रक्तदान कार्यक्रम गरिएको छ । पाटनमा सम्पन्न रक्तदान कार्यक्रममा सोलुसन समाज,लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल, लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कलले सह आयोजकका रुपमा साथ दिएको कुरा आयोजक संस्थाका शान्तराज शाक्यले बताए ।

सप्ताहव्यापि कार्यक्रमको दोश्रो दिन अमर शताब्दि पुरुष जोशीले  लोक साहित्य परिषदको नाममा राखि दिएको निवास स्थानमा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ भने मंगलबार दिनको ३ बजे सोही स्थानमा पवित्र नामसंगीति स्तोत्र पाठ हुने भइको छ ।

यस्तैगरी आयोजक संस्थाका अध्यक्ष राजित बहादुर श्रेष्ठ ले बताए अनुसार बुधबार को दिन शताब्दि पुरुष जोशीले लेख्नु भएको चित्रात्मक बाल  कथा चखुंचां हाःगु म्ये ( चराको गीत ) का साथै कथाकार मीना बज्राचार्यको " किसिया नशा क्वःया दशा ”( हात्तीको अाहारा काग को दशा ) नामक बाल कथा संग्रह को विमोचन हुने भएको छ ।

यसै अवसरमा विहिबार र शुक्रबार शताब्दि पुरुष ले संग्रह गरेको टेलिस्कोपको माध्यमबाट तारापुञ्जको अवलोकन गराउने कार्यक्रम रहेको छ भने शनिबारको दिन अमर आत्माको तिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको कुरा आयोजक संस्थाका किरनकेन रन्जित ले बताएका छन् ।

Categorized in साहित्य-कला