STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शतकको निकट गीतकार पवन जोशी

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र ११, आइतबार

अग्रज रंगकर्मि एवं लेखक तथा निर्देशक पवन जोशीद्वारा रचित नेपालभाषाका दुईवटा  एकल गीतको रेकर्डिङ कार्य हालै सम्पन्न भएको छ | 

नुगः दुने छंत सुचुका...(हृदय भित्र लुकाइ तिमिलाई). र जिगु नुगः दुने स्वाँ ह्वल...(मेरो मन भित्र फुल्यो फूल )बोलको दुई वटा गीतको रेकर्डिङ कार्य भक्तपुरको बिवेक साउण्ड स्टुडियोमा विवेक शाक्यले रेकर्ड सम्पन्न गरेका हुन् । 

रेकर्ड भएका दुबै गीतको संंगीत सृजना र एरेन्ज वरिष्ठ  संगीतकार अनिल तुलाधरले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ र माष्टरिङ विवेक शाक्यले गरेका हुन ।

नब्बे वटा भन्दा बढी गीत रचना गरिसकेका गीतकार जोशीको गीत रचना शतक संख्याको निकट पुगिसकेको छ । यसैक्रममा गीतकार जोशीद्वारा रचित ९१ गीत नव प्रतिभा गायीका सविता धुजुको स्वरमा र ९२औं गीत गायीका प्यारी सुवालको स्वरमा रेकर्ड भएको छ । यी दुई गीतको रेकर्ड सम्पन्न भएको जानकारी  व्यवस्थापक तथा संगीतकार ओम प्रकाश श्रेष्ठले जानकारी दिएका हुन् । ब्यवस्थापक श्रेष्ठले जानकारी दिए अनुसार दुबै गीतको म्यूजिक भिडियो निर्माण गरी चाँडै सामाजिक संजाल युट्यूव च्यानल मार्फत दर्शक सामु  ल्याउने तयारी भइरहेको कुरा थाहा हुन आएको छ ।

Categorized in साहित्य-कला