STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शंखधरको अझ भव्य सालिक बनाउने मेयर विद्यासुन्दर शाक्यको दावी

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ९, मंगलबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको सालिक राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य सालिक स्थापना गर्ने बचन दिनुभएको छ । 

काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको सालिक स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा आज मंगलवार कामपा १५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

किम्बदन्ती अनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा नै सुनमा परिणत भएको र  त्यही सुन बेचेर आएको धनले ऋणमा डुबेका तत्कालीन नेपालमण्डल का जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु गरेको संकेत स्वरुप नेपाल सम्बतकाे स्थापना गर्नुभएको थियो । शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई पनि अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागिएको कुरा उल्लेख गर्दै मेयर शाक्यले उक्त पार्क निर्माण भइसके पछि शंखधर साख्वाःको गरिमा अझ बढ्ने बताउनुभयो ।

आफ्नै देशको नामबाट नेपाल   सम्बत स्थापना गर्नुहुने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल सम्बत ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते उहाँलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । त्यसै बेलादेखि उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४१ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्नुहुँदै समितिका अध्यक्ष रमेश महर्जनले सबैबाट प्रयास भएमा नेपाल सम्बत लाई राष्ट्रिय मान्यता दिलाउन सफलता प्राप्त गर्न सहज हुने बताउनुभयो ।

Categorized in उपत्यका