STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वेदमा जनजातिको उल्लेख छैन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १३, सोमबार

संस्कृतमा जन को अर्थ मानव, मानिस हुन्छ भने जातिको अर्थ जातजाति नै हो । यस अर्थमा जनजाति को अर्थ मानवजाति हुन आउँछ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले जनजाति भनेर विधेयक ल्याएको छ । जनजाति भनेर पहिले ६१ वटा जाति र पछि नेवारहरुले हामी जनजाति हैनौं भनेर विवाद जनाएपछि नेवारहरुलाई जनजातिको लिस्टबाट झिकी ६० वटा जनजातिको संख्या निर्धारण गरेको छ । त्यसमा पनि जनजाति प्रतिष्ठानले कुनैलाई सूचीबाट हटाउने, कुनै थप्ने र कुनैलाई गाभ्ने गरी हाल ५९ को सूची राखेको छ । वास्तवमा यो जनजातिको (अवधारणा) कसरी आयो बुझनै गाह्रो छ । संस्कृत भाषा नै सबैभन्दा प्राचीन भाषा हो र संस्कृतका कुनै पनि ग्रन्थहरुमा जनजाति भनेर उल्लेख भएको पाइँदैन । संस्कृतका सबैभन्दा प्राचीन ग्रन्थ नै वेद हुन् । वेदमा पनि जनजातिको उल्लेख छैन । अहिले जाति र जनजाति भनेर वर्गीकरण गरिँदा नेपाली नेपालीका बिचमा वैमनस्यता उत्पन्न हुन गएको छ । मानवजातिलाई जाति र जनजाति भनेर विभेद गरिनु नै ठुलो भुल थियो । मानव जातिका नाममा सबै मिलेर बसेमा वसुधैव कुटुम्बकम को नारा सफल हने थियो । अहिले जनजातिका नाममा आन्दोलन चलाउनेहरु भनेका राजनीतिमा कतै स्थान नपाएका व्यक्तिद्धारा भोटको राजनीति गर्नेहरु हुन् । उनीहरुहे यसै आन्दोलनद्धारा राजनीति गरिरहेका छन् । जाति र जनजातिका नाममा विभाजित नभएर मानव जातिका रुपमा बाँच्न चाहनेहरुले यो चटपटहरुद्धारा सञ्चालित आन्दोलनलाई समयमै बुझ्न सक्नु पर्दछ । त्यसलाई समयमै बुझ्न सकेनौं भने हामी नेपालीहरु कुनै दिन पेरु, श्रीलंका, इजरायल, प्यालेस्टिन र अफगनिस्तानका नागरिकसरह हुन पुग्नेछौ ।
Categorized in विचार