STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वीर अस्पतालको पूरानो भवनको पर्खाल भत्किँदा ४ जना घाइते

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १८, सोमबार

 

काठमाडौं - लगातार परिरहेको वर्षाका कारण वीर अस्पतालको पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । आइतबार अस्पतालको पुरानो भवनको पर्खाल मक्किएर भत्किँदा ४ जना घाइते हुन पुगेका हुन् ।

घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किएर खसेको ईंट्टाले हिँड्दै गरेकाहरुलाई लागेको थियो । घाइते भएकाहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।

घाइते हुनेहरुमा तीन महिला र एक पुरुष रहेका छन् ।

Categorized in अपराध-दुर्घटना