STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विष्णुमायाको नेपालभाषाको गीतको म्यूजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ५, शनिबार

कोरोना संक्रमण जोखिमया कारण लागु गरिएको लकडाउनको अवस्था मा  नेपालभाषाको साँगितिक क्षेत्रको सकृयता भने जारी नै छ  । यस्तो विषम परिस्थितिमा पनि साँगितिक कृयाकलापहरु भइनैरहेका छन्  । यसै क्रममा शनिबार भर्चुअल माध्यम जुमबाट एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ  । गायिका विष्णु माया व्यन्जनकारको " जित ख्वयेका"   मलाई रुवाएर  बोलको  गीतको म्युजिक भिडियो जुम मा  भर्चुअल  कार्यक्रममा सार्वजनपक गरिएको छ ।

सो कार्यक्रममा  प्रमुख अतिथी का रुपमा   बोल्दै वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका प्रथम निर्देशक विजयरत्न   असंबरे  तुलाधरले लकडाउनमा पनि नेपालभाषाको म्यूजिक भिडियोको राम्रो गति लिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।

पत्रकार दर्शनवीर शाक्यले गीतको शैलीलाई हेर्दै दर्शकलाई सोही अनुसारको समय अनुभुति पनि दिलाउन सक्नुपर्ने सुझाव राख्दै  गीतको शैली पराम्परागत ढङ्गको छ भने म्यूजिक भिडियोमा पनि सोही अनुसारको केही समय अगाडीकै वातावरण देखाउनुपर्ने कुरा अौंल्याउनु भयो ।

त्यसैगरी पत्रकार बिराजकाजी राजोपाध्यायले म्यूजिक भिडियो वा चलचित्र निर्माण गर्दा निर्देशकले तडकभडक भन्दा सरलता र जीवन्ततामा ध्यान दिनुपर्ने कुरामा जोड दिंदै म्यूजिक भिडियो वा चलचित्र हेर्दा दर्शकले त्यसका पात्रहरुमा आफ्नै प्रतिबिम्ब देखे वा खोजे निर्देशक सफल हुने कुरा बताउनु भयो ।

गायिका व्यन्जनकारले गीतका संगीतकार स्वर्गीय पद्मज्योती बज्राचार्यको ज्ञानमाला भजनको साथै आधुनिक गीत संगीत क्षेत्रमा योगदानको बारे चर्चा गर्नुभयो ।

कार्यक्रममा कलाकार सुरज व्यन्जनकार, स्वतन्त्र संसार महर्जनले पनि आआफ्नो विचार राखेका थिए भने म्यूजिक भिडियोका मोडलहरु अनुप शाक्य, सुषमा बज्राचार्य, रोजिना सुवाल, क्यामेरा निर्देशक र भिज्युअल एडिटर अमर चित्रकार, निर्देशक सुरज नापितले आ आफ्नो अनुभव सुनाएका थिए ।

स्वर्गीय मन्त बज्रको रचना र जुगल डंगाेलकाे संगीत रहेको गीतको म्युजिक भिडियोको कथावस्तु सत्यघटनामा आधारित रहेको बताइएको छ ।

Categorized in साहित्य-कला