STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिताको आयोजना हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ २२, मंगलबार

विश्वका हरेक कुनाकाप्चामा छरिएर रहेका नेवाः समुदायलाई संगठित बनाइ राख्ने उद्देश्यले आजभन्दा दश वर्ष अगाडि विश्व नेवाः संगठन ,वर्ल्ड नेवाः अर्गनाइजेसन यही ने.सं. ११४१ गुंलाथ्व चतुर्दशि ईश्वी संवत् अगस्त २१, २०२१ वि.सं. २०७८ साउन ५ गतेका दिन एक दशक पूरा हुँदैछ ।

यसै अवसरमा यस संगठनद्वारा पहिलो पटक ‘हलिं नेवाः न्ह्यसः लिसः कासा ११४१’ विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता २०७८ आयोजना गर्न लागेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आजको विकसित प्रविधिको युगमा जूम अनलाइनको माध्यमबाट हुन गइरहेको यस प्रतियोगितामा नेपाल लगायत विश्वका विभिन्न देशका १२ कक्षासम्मका र१८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

यस प्रतियोगितमा भाग लिन ३ जना प्रतियोगिको एक समूह हुनुपर्ने बताइएको छ । प्रत्येक टोलीमा एक जना छात्राको सहभागिता अनिवार्य हुनु पर्नेछ ।प्रतियोगितामा नेवाः समुदाय मात्र नभई नेपालभाषा बोल्न जान्ने वा नेवाः सम्बन्धी जानकारी राख्नु हुने जुनसुकै समुदायका विद्यार्थी पनि सहभागि हुन सक्नेछ भने प्रतियोगितामा सहभागि हुन चाहने विद्यार्थीले विश्व नेवाः संगठनको वेबसाइट मा गएर यही आउने साउन १६ गते जुलाई ३१ तारिख सम्ममा फाराम भरिसक्नु पर्नेछ भने प्रतियोगितामा सहभागि हुन नेपालबाट सहभागि हुने टोलीको लागि प्रति टोलीले एक हजार रुपिंया  मात्र र विदेशी सहभागिहरुको लागि २५ अमेरिकी डलर शुल्क तिर्नु पर्नेछ । प्रतियोगिताया जम्मा ३२ टोलीलाई मात्र सहभागि गराईनेछ । सहभागि टोलीलाई समूह विभाजन गरि प्रत्येक समूहमा चार चार वटा टोली संलग्न गराईनेछ ।

प्रारम्भिक चरणमा प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली अर्को चरण प्रवेश गराईनेछ । दोश्रो चरणमा उत्कृष्ट एक टोली तेश्रो चरणमा पुग्नेछ । तेश्रो चरणमा उत्कृष्ट टोली सिधै अन्तिम चरण फाइनलमा पुग्नेछ । अन्तिम चरण पहिलो, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमशः ६०० अमेरिकी डलर, ४०० अमेरिकी डलर ३०० अमेरिकी डलर र १५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । साथै समूह चरणया उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

यस हलिं नेवाः न्ह्यसः लिसः कासा विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गर्न विश्व नेवाः संगठन अन्तर्गत एक आयोजक समिति पनि गठन गरिएको छ ।

आयोजक समितिको संयोजकमा विमलमान श्रेष्ठ (क्यानाडा)  रहनु भएको छ भने सह संयोजकमा संयुक्त श्रेष्ठ (बेलायत) र दीपेशमान शाक्य (आयरल्याण्ड) रहनु भएको छ ।

पन्ध्र सदस्यीय मूल आयोजक समितिमा केशरमान ताम्राकार (अमेरिका), कृष्ण चखुं (बेलायत), उत्तम माकजु (क्यानाडा), भुषणलाल श्रेष्ठ (अमेरिका), नरेश ताम्राकार (क्यानाडा), रश्मिला प्रजापति (नेपाल), शाक्य सुरेन (नेपाल) शोभित शाक्य (इस्टोनिया), मय्जु रजनी श्रेष्ठ (बेल्जियम), समन्त वज्राचार्य (अमेरिका), कमल श्रेष्ठ (न्युजिल्याण्ड),  उदेन न्हूसाय्मि (नेपाल) सदस्य रहनु भएको छ ।

यसै गरी प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । दया शाक्य (अमेरिका)को संयोजकत्वमा योग्यता र निर्णायक कमिटी, केशरमान ताम्राकार (अमेरिका)या संयोजकत्वमा प्रश्नावली निर्माण कमिटी, संयुक्त श्रेष्ठ (बेलायत)या संयोजकत्वमा  प्रतियोगिता प्रविधि कमिटी, भूषणलाल श्रेष्ठ (अमेरिका)या संयोजकत्वमा अर्थ व्यवस्थापन समिति, रश्मिला प्रजापति संयोजक र उदेन न्हूसाय्मि  (नेपाल) सह संयोजक रहनु भएको प्रचारप्रसार कमिटी गठन गरिएको छ । यसका साथै सामाजिक संजाल संयोजक रुपमा सुश्री लालिमा श्रेष्ठ, आशुतोष बाराही व पुजल वज्राचार्य रहनु भइको छ भने सल्लाहकारमा डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठ, संरक्षक दया शाक्य व नारायण राजभण्डारी रहनु भएको छ ।

यस बाहेक मूल आयोजक समितिमा अमेरिका, क्यानाडा, बेलायत, आयरल्याण्ड, बेल्जियम, इस्टोनिया व न्यूजिल्याण्ड लगायतका देशहरुबाट पनि प्रतिनिधि रहेको    बताइएको छ ।

Categorized in राष्ट्रिय