STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्व नापतौल दिवस

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ७, मंगलबार

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिनुभयो । पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस नेपाल गुणस्तर चिह्न प्रदान गर्दै आएको छ । विभागले विश्व नापतौल दिवसका अवसरमा मेट्रिक प्रणालीमा आधारित सात मूल एकाइमध्ये चार एकाइको परिभाषामा भएको परिवर्तन सोमबारदेखि लागू गरेको छ । जसमा पिण्डको मूल एकाइ किलोग्राम, तापक्रमको मूल एकाइ केल्भिन, विद्युत् धाराको मूल एकाइ एम्पियर र पदार्थको सङ्ख्याको मूल एकाइ मोलका रुपमा परिवर्तन भएको छ । आजभन्दा १४४ वर्ष अगाडि सन् १८७५ मा आजकै दिनमा मिटर कन्भेन्सनमा हस्ताक्षर भएपश्चात् विश्वभर उक्त दिवस मनाउँदै आइएको विभागले जनाएको छ ।
Categorized in राष्ट्रिय