relans
ni new 83
nib 2082 5

विश्व कृतिमानीहरुको नेपालभाषाको गीत मिखां छ्न्त खन या म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र ३०, आइतबार

विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचना एवं स्वर रहेको नेपालभाषाको एल्बम मतिनाया खँ भित्र रहेको  नेपालभाषाको गीत ''मिखां छन्त न्ह्यने खन म्हुतुं नवाये मफुत''( अाँखाले देख्यो तिमि नै तर खोल्न सकिंन मुख)   गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि  भाषा साहित्य र कला क्षेत्रमा कलम चलाउँदै निरन्तर चार दशकदेखि  कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक लगायत साहित्य क्षेत्रमा विविध विषयमा कलम चलाउनुका साथै त्यसपछि पचासको दशकदेखि गायन क्षेत्रमा आउनु भएका सुरेन्द्र महर्जनको यस गीतको  म्युजिक भिडियो अमर म्युजिक युट्युबमा सार्वजनिक गरिएको छ ।

विश्व कृतिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको उक्त गीतको भिडियोमा चलचित्रकर्मी रोशन कुमार श्रेष्ठको र मोडेल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ ।   देश नरेश अधिकारीको निर्देशन र  प्रेम बश्यालको क्रियटिभ निर्देशनमा तयार भएको यो गीतको भिडियो द लाइफ एक्सप्रेस मुवी मेकर्सले अदिती कलेक्सन मल्टीपर्पोज सङ जोडिएर   निर्माण गरेको हो । यस गीतका संगीत संयाेजक बुद्ध सायमी हुन् भने  अडियो नेपालमा गीत रेकर्डिङ भएको हो । यसैगरी श्रृंगार सोनी कडेल र कृषा पोख्रेल र भेषभुषा अदिती कलेक्सनको रहेको छ।

https://youtu.be/ijrYenSltaA?si=-eJHYybbuu0N-Dzf

Categorized in साहित्य-कला
ppp 2