STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को बत्तिसौं कृति सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० जेठ २८, आइतबार

विगत चार दशकदेखि नेपाली भाषा र नेपालभाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व किर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ ।

ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि माननीय अमन लाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री र एस. एस. पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा  उपन्यास सार्वजनिक गर्नुभएको हो । 

अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएर अहिलेको समयमा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोखा दिने मान्छेहरू धेरै हुने भएको बताउँदै  कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको बताउनु भयो ।

 उपन्यासकार अमरले हालै सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौ कृति विमोचन गरेर  वल्ड बुक अफ रेकर्डमा नाम राखेर विश्व किर्तिमानी प्रमाणपत्र हासिल गरिसक्नु भएको हो  ।

लेखनका साथसाथै उहाँ चित्रकारिता, गायनमा पनि उतिकै सकृय हुनु हुन्छ । उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर एकतीसभन्दा बढी कृति प्रकाशन भैसकेको छ भने यो उपन्यास उहाँको ३२ औं कृति हो ।

  उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार संघका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलपूर्ण रहेको कुरा सुनाउनु भयो ।

Categorized in साहित्य-कला