STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप छनोट : नेपाल चाइनिज ताइपेइसँग भिड्दै

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार

कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत आज नेपाल पहिलो खेलमा चाइनिज ताइपेइसँग भिड्दै छ ।

पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपाल आज पनि विजयी हुँदै अघिल्लो चरणको सम्भावनालाई जाेगाउने प्रयासमा हुने छ ।

विश्वकप छनोटअन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरी नेपालले अहिलेसम्म एक खेलमा मात्र जित निकाली तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान उत्रँदा नेपाल सोही नतिजालाई निरन्तरता दिँदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राख्न चाहन्छ ।

तर, कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि सहजचाहिँ हुने छैन । प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले आजकाे खेलामा जित निकाल्ने विश्वास व्यक्त गरे । 'हामी एएफसी एसियाली कप क्वालिफायरको अवसरका लागि चौथो स्थान पाउन चाहन्छौँ र त्यसका लागि हामीले आज खेलमा जित्न निकाल्नै पर्नेछ', उनले भने ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसममा अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपाल बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्ग हुँदै कुवेत पुगेकाे थियाे ।

चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हारकाे बदला लिने लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेइका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्त्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रूपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रूपमा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।

फिफा वरियताको १ सय ४१औँ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल ६ जुन २०१९ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेकाे अवस्था उल्ट्याउँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक १० सेप्टेम्बर २०१९ मामा चाइनिज ताइपेइको मैदानमा नेपालले विश्वकप छनोट खेलेकाे थियाे, त्यसमा नेपालले २–० गाेलकाे जित निकालेकाे थियाे ।

Categorized in खेलकुद