STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप छनोट : नेपालद्वारा चाइनिज ताइपेइ २-० ले पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २०, बिहिबार

कतार विश्वकप २०२२ तथा एसियनकप २०२३ को छनोट चरणअन्तर्गत नेपालले पहिलो खेलमै चाइनिज ताइपेइलाई २-० गोल अन्तरले हराएको छ ।

खेलकाे तेस्राे मिनेटमै पाएको पेनाल्टीलाई अन्जन विष्टले गोलमा परिणत गरी नेपाललाई अग्रता दिलाएका थिए ।

खेलकाे ८१ ‍औं मिनेटमा बेन्चबाट आएमा नवयुग श्रेष्ठले दाेस्राे गाेल गरी नेपालकाे जित पक्का बनाएका थिए ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशाला चाइनिज ताइपेइविरुद्ध मैदान उत्रेको नेपालकाे यस जितसँगै एसिया कप २०२३ को छनोट सम्भावनालाई जीवन्त राखेकाे छ ।

नेपालले आजकाे खेल आक्रामक रुपमा खेलेका थिए । अन्तिम मिनेटसम्म पनि नेपालले गोलका अवसरहरु बनाएका थिए ।

यसअघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्यधिक गर्मी मौसममा अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपाल बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्ग हुँदै कुवेत पुगेकाे थियाे ।

फिफा वरियताको १ सय ४१औँ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१औँ स्थानमा रहेको नेपाल अहिलेसम्म दुई पटक आमनेसामने भएका छन् । पहिलो खेल ६ जुन २०१९ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा १–० ले पछि परेकाे अवस्था उल्ट्याउँदै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक १० सेप्टेम्बर २०१९ मामा चाइनिज ताइपेइको मैदानमा नेपालले विश्वकप छनोट खेलेकाे थियाे, त्यसमा नेपालले २–० गाेलकाे जित निकालेकाे थियाे ।

अब नेपालले छनोटमा जोर्डनसँग जेठ २४ गते र अस्ट्रेलियासँग जेठ २८ गते खेल्नेछ।

जितसँगै नेपालले समूहमा ६ खेलबाट ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको चौथो स्थानमा छ।

Categorized in खेलकुद