STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विश्वकप छनाेट : नेपाल अस्ट्रेलियासँग ३-० ले पराजित

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २९, शनिबार

विश्वकप तथा एसियन कप फुटबल संयुक्त छनोटअन्तर्गत आज अस्ट्रेलियाको सामना गरेको नेपाल ३-० ले पराजित भएको छ ।

नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो ।

गएराति कुवेतको जाबेर अल अहमद मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हरायो ।

सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो । तर पनि पहिलो हाफमा दुई खोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।

नेपालका गोलकिपर किरण चेम्जोङले अस्ट्रेलियाका एक दर्जनभन्दा धेरै प्रहारलाई रोकेका छन् । अपराजित रहेको अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गरेको छ ।

नेपाल भने ८ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रह्यो र विश्वकप तथा एसियनकप छनोटको अर्को चरणमा पुग्न असफल रह्यो ।

Categorized in खेलकुद