STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विशिष्ट चलचित्रकर्मीहरुलाई "भुवन चैत्य वसुन्धरा” पुरस्कार प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २२, सोमबार

‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा विशिष्ट चलचित्रकर्मिहरुलाई प्रदान गर्दै अाइरहेको विभिन्न पुरस्कारहरु एक समारोहको बीच अाइतबार प्रदान ट गरिएको छ ।

प्रथम नेपाली चलचित्र " आमा बाट अभिनय यात्रा थालेका विशिष्ट अभिनेत्रीहरु  भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालद्वारा स्थापित भुवन चैत्य बसुन्धरा फाउनडेसनले आइतबार राजधानीको चलचित्र बिकास बोर्डमा एक कार्यक्रम आयोजनागरी विशिष्ट कलाकर्मीहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको समारोहमा ०७८ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी  यादव खरेल र ०७९ सालको हरिश–भुवन चन्द पुरस्कार विशिष्ट चलचत्रकर्मी  नीर शाहलाई प्रदान गरीने भएको छ । यसै गरी विशिष्ट संगीतकर्मी  गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार अर्पण गरिने भएको छ । साथै विशिष्ट चलचित्रकर्मी अभिनेत्री  मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री  शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–बसुन्धरा भुसाल पुरस्कार अर्पण गरिने भएको छ ।

वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति र रंगमन्च, गीत, संगीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरुको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र लिखत–पत्र अर्पण गर्दै आएको छ । पुरस्कारको राशी जनही रु ५१०००। (एकाउन्न हजार) रहेको छ ।

विसं २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली कला, संस्कृति र रङ्गमञ्च गीत, सङ्गीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरूको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र सम्मान पुरस्कार प्रदान गर्दै आएको छ ।

Categorized in साहित्य-कला